प्रतिनिधिसभामा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।

‘शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्रीले समसामयिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’, बर्तौलाले भने, ‘मुलुकका विकसित राजनीति र मुलुकको अवस्थाबारे प्रधानमन्त्रीले संसद्‌मार्फत जानकारी दिँदै हुनुहुन्छ ।’

 

प्रतिक्रिया