

शंखरापुरमा श्रीमतीको हत्या गर्ने पदम समातिए

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङ छन् ।
उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।
१० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात–खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।

