

रवि लामिछानेको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’मा परेको छ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको लामिछानेको रिट ‘हेर्न नमिल्ने’मा परेको हो।
आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सोमबारका लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।

