सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख ९१ हजार


काठमाडाैं- सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीकाे भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया