अस्कलका स्ववियु सचिवनै नक्कली परिक्षार्थी !


काठमाडौं — काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका एकजना नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियु चुनाव जितेका व्यक्ति रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका निर्वाचित स्ववियु सचिव हुन् ।

उनी गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सचिव पदमा विजयी भएका थिए ।

शनिबार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाहीसहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया