

पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं- मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
मधेशवादी अभियन्तासमेत रहेका उनीविरूद्ध जाहेरीका आधारमा अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।
नाबालिगले गत माघ १० गते जिल्ला प्रहरी परिसरस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् ।
अहिराज हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन् ।

