अविश्वासको प्रस्ताव यथावत : सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले वाग्मती प्रदेशसभामा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा सोमबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै माओवादी केन्द्रले सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग एकता गरेर सशक्त रुपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय गरेको संसदीय दलका नेता सालिकराम जम्कट्टेलले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव तत्कालीन रुपमा अगाडि बढ्न सक्ने अवस्था नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौं’, उनले भने । बैठकले तत्कालीन नेकपा (एमाले) सँगको एकता अगाडिकै संसदीय दलको पदाधिकारीलाई पुनस् चयन गरेको छ ।

 

प्रतिक्रिया