निलम्बनपछि नेपालले भने- थप्ने र निकाल्ने त ओलीको देब्रे हातको कुरा हो


काठमाडौँ – नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताएका छन् ।

पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बित गरेका थिए ।

आफुलाई पार्टीबाट निलम्बन गरेको जानकारीपछि नेता नेपालले ओलीले गरेको कारबाहीको औचित्य नभएको बताएका हुन् । उनले भने ‘केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै हैन । उनले केन्द्रीय कमिटी पनि भंग गरिसके । त्यहिभएर उनले कारबाही गर्न मिल्दैन । उनले विधान विपरितको कदम चालेको हुँदा अवैधानिक अध्यक्ष हो ।’

नेपालले आफुलाई पार्टीबाट निलम्बन गरेको पत्र अझै नबुझेको बताए । सोही प्रसंगमा उनले भने ‘पत्र अझै आएको त छैन, नेपालले भने, ‘कसलाई कसलाई थप्ने हो, को-कसलाई निकाल्ने हो उनको देब्रे हातको कुरा हो । त्यहि भएर के के गर्छन्, उनको कुरा भो ।’

 

प्रतिक्रिया