

ओली–देउवाबीच एक घण्टा भेटवार्ता, के भयाे छलफल ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो । आजको भेट नियमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले बताए ।
सरकारका कामकारबाही र प्रधानमन्त्री ओलीको भूमिकाबारे पछिल्लो समय कांग्रेसभित्र पनि ठुलो असन्तुष्टि देखिन थालेको छ । यसैबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सभापति देउवालाई प्रधानमन्त्रीको अफर गरेर राजनीतिक महोल तरंगित भएकाे छ ।
त्यसले एमालेभित्र पनि संशयको स्थिति छ भने सभापति देउवा आफ्नो अडानमा अडिग रहेकाे बताइरहेका छन् । माओवादी अध्यक्ष दाहालले देउवासँग भेट्नका लागि प्रस्ताव गर्दा उनले अस्वीकार गरेकाे खबर बाहिरिएकाे छ ।
यसैबीच आज भएको भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आजै ६ बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् ।

