

विशाल राईको गोलबाट नेपाललाई २-० को अग्रता

काठमाडौं – थ्री नेसन्स कपको फाइनलको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा नेपाल दोस्रो गोल गरेको छ । नेपालले १८ औं र ४१ औं मिनेटमा गोल गर्दै २–० गोल अन्तरको अग्रता लिएको छ ।
नेपालका लागि जर्सी नं. २४ का संजोड राइले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका थिए । उनले सुनिल बलको कर्नरमा गोल गरेका हुन् भने दोस्रो गोल विशाल राइले गरेका हुन् ।
खेल जारी छ ।

