वीरगञ्जमा दुई समुदायबीच झडप हुँदा तनाव


काठमाडौं- पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।

झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् भने केही पसलहरूमा आगजनी समेत गरिएको छ ।

त्यहाँको अवस्था तनावग्रस्त बनेकाले प्रहरीको बाक्लो  उपस्थिति छ ।

प्रतिक्रिया