

प्लेनभित्र खोलिएको थियो प्रसाईंको हतकडी

काठमाडौं–चैत १५ मा राजधानीको तीनकुनेमा भएको प्रदर्शनकारीका कमाण्डर दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनीहरुलाई बुद्ध एयरको बीएचए ९५४ उडानबाट काठमाडौं ल्याइएको हो । उक्त जहाज १२ः३४ बजे काठमाडौंमा अवतरण भएको थियो ।
प्लेनमा चढाउनुअघि उनलाई हतकडीसहित जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो । तर, विमानमा भने उनको हतकडी खोलिएको देखिन्थ्यो । विमानभित्र उनले उनले हात हल्लाउँदै उनले ‘मैले पिर मानेको छैन है’ भनेका थिए । त्यसपछि भिडियो बनाउने ‘पिर मान्नु नि हुँदैन है सर’ भनेका थिए ।
प्रहरीले भद्रपुरबाट पक्राउ गरिएको भनिए पनि प्रसाईलाई भारतको आसामबाट नेपाल ल्याइएको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग लगायत विभिन्न मुद्दा चलाउने तयारी भएको छ ।

