बुटवल जाँदै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदैछन् ।

नेकपा एमालेले बुटवलमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी जाने भएका हुन् ।

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको बताइएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवल मण्डप छानिएको हो ।

सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जाने तयारी रहेको छ ।

प्रतिक्रिया