

दुर्गा प्रसाईंलाई लगियो झापा जिल्ला प्रहरी कार्यालय

काठमाडौं – दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा लगिएको छ ।
उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।
उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको बताए ।
प्रसाईंले बिहीबार भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रसाईंमाथि तीनकुनेमा राजवादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ ।

