‘नेपालमै छु’ भन्ने दुर्गा प्रसाईं भारतमा पक्राउ


काठमाडौं-  गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको स्रोतले जानकारी दिएको छ ।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । गत चैत १५ गतेको तीनकुने घटनामा पछि प्रसाईं  सम्पर्कविहीन भएका थिए ।  उनले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू नेपालमै रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया