राप्रपाको सभामा घुसपैठ गरेकाे आरोपमा ४ जना नियन्त्रणमा


काठमाडौं- प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको विरोध सभामा घुसपैठ गरेकाे आरोपमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरुलाई उक्त क्षेत्रमा वातावरण बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको छ ।

उनका अनुसार ती व्यक्तिको परिचय भने खुल्न बाँकी छ ।

प्रतिक्रिया