

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट

भक्तपुर- भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ठगुन्नामाथि आक्रमण भएको बताएका हुन् । माओवादी केन्द्रका नेता समेत रहेका मल्लले तस्बिर सार्वजनिक गर्दै आक्रमणको निन्दा गरेका छन् ।
उनीमाथि शनिबार राति आक्रमण भएको मल्लले जानकारी दिएका छन् । घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनले बताए ।

