

महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

महोत्तरी— जमहोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर नगरपालिका–३ मा आफन्तले घरमा खेलाउन लगेकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सिकिस्त अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । आइतबार दिउँसो बलात्कृत बालिकालाई घरमै राखेर घटना मिलाउन खोजिएको र बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार अस्पताल भर्ना गराइएको छ ।
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

