सिरहाका निजी अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के, दुई जना पक्राउ


सिरहा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चैयामा सञ्चालित निजी अस्पतालको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित अस्पताल भेटिएका छन् । मुख्यमन्त्री सिंहको अनुगमनका क्रममा सिद्धकामना हस्पिटलका दुई जना कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर ती कर्मचारी भागेका थिए ।

यसैबीच, मुख्यमन्त्री सिंहसहितको टोलीले राजमार्गमा रहेका होटलको पनि अनुगमन गरेको छ । अनुगमन टिमले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ ।

अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।

प्रतिक्रिया