विवाहको आश्वासन दिएर प्रहरी जवानद्वारा किशोरीमाथि बलात्कार गरेको आरोप


विराटनगर– सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएपछि एक किशोरीलाई विवाहको आश्वासन दिई धोका दिएको र जबरजस्ती शारीरिक सम्बन्ध राखेको आरोपमा एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।

विराटनगर महानगरपालिका-१५ का साह थरका प्रहरी जवानले १९ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाएर जेठ महिनादेखि फेसबुकमार्फत सम्पर्क गरेका थिए । पीडित किशोरीका अनुसार, साहले उनलाई विवाहको आश्वासन दिएपछि भेटघाट गर्न थालेका थि ए। गत भदौ ७ गते साहले किशोरीलाई सुरुङ्गामा भेट्न बोलाए, जहाँ भेटपछि उनले किशोरीलाई रातको समय भएको कारण होटलमा बस्न आग्रह गरेका थिए ।

जाहेरीअनुसार उनले होटलमा राखेर किशोरीमाथि जबरजस्ती शारीरिक सम्बन्ध राखेका थिए। इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टका अनुसार, किशोरीको किटानी जाहेरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया सुरु भएको छ ।  तर हालसम्म आरोपी प्रहरी जवानलाई पक्राउ गर्न कुनै आदेश जारी गरिएको छैन ।

प्रतिक्रिया