

बहिनी जिस्क्याउँदा खुकुरी प्रहार गरी युवकको हत्या, एक जना पक्राउ

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका—४ इमाडोलको ओचुहाइटमा एक युवकको हत्या भएको छ ।
गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका दीपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरीले रसाइलीलाई पक्राउ गरेको छ । ‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।
हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।

