

झा दम्पती हत्याकाण्ड : ओछ्यानमै धारिलो हतियारबाट हत्या, अनि जलाइयो शव

महोत्तरी – महोत्तरीका मुसाफिर दम्पतीको शव १२ चैत २०७७ मा बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । ३२ दिनपछि प्रहरीले उनीहरुको शव भेट्टाएको हो।
गत १० फागुनमा रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलग कोठामा सुतेको अवस्थामा ओछ्यानसहित बेपत्ता पारिएका थिए।
त्यतिबेला उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन्। त्यहीबेला अज्ञात समूहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे,’ प्रदेश २ का प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने, ‘टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए। तर, शव जलेन।’
यो पनि पढ्नुहोस्
नुन हालेर ५ फिट गाडिएको झा दम्पत्तीको शव प्रहरीले यसरी निकाल्यो (तस्बिरहरू)
डीआईजी सिंहका अनुसार त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शव पुरियो। शव कुहाउन नुन हाले। मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरेको डीआईजी सिंह बताउँछन्।
तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ। मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा समेत फेला परेको डीआईजी सिंहले बताए।
प्रहरीको अनुसन्धानबाट उनीहरुको झा दम्पत्तिको हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको खुलेको छ। पछि शवलाई जलाउन खोजेको देखिन्छ।

