ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ : देउवा


काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नभएको बताएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पूर्वराजा शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका हुन् ।

‘राप्रपाले पार्टी सभापति बनाए हुन्छ,’ देउवाले थपे,’ पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो नि ! तर, त्यो पार्टीमा लाग्नेले धेरै दुःख पाउँछन् । राप्रपाले पनि दु:ख पाउँछ ।’

उनले मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया