कालीगण्डकी नदीमा बेपत्ता भारतीय पुरुष मृत फेला


काठमाडौं-  चार दिनदेखि कालीगण्डकी नदीमा बेपत्ता भारतीय नागरिक आइतबार मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुर जिल्ला घर भएका २५ वर्षीय शिवम पाण्डे रहेका छन् ।

पाण्डे तीन जना साथीसँग नेपाल घुम्न आएका थिए । सो क्रममा ६ चैतमा पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा पाण्डे बेपत्ता भएका थिए ।

पाण्डेको शव घटनास्थलभन्दा करिब एक किलोमिटर तल कालीगण्डकी नदीमा फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ ।

प्रतिक्रिया