

बझाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षका युवक पक्राउ

बझाङ- १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा बझाङको सुर्मा गाउँपालिका- ४ घर भई जयपृथ्वी नगरपालिका- ९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पवनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

