

प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न सोध्ने, स्पष्टीकरण भने नदिने

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज १० जना सांसदले प्रश्न गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्नका लागि १० जना सांसदले समय लिएका छन् ।
‘तर, १० जनाले प्रश्न टिपाउनु भएको छ, तर जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्न भने पाइने छैन,’ सभामुखले भने ।
प्रश्न सोध्नका लागि समय लिने काम सकिएपछि अहिले प्रश्न सोध्ने क्रम सुरु भएको छ ।

