

सिंगापुर र मलेसियाविरुद्धको खेलका लागि नेपाली फुटबल टिम घोषणा

काठमाडाैं- सिंगापुर र मलेसियाविरुद्धको खेलका लागि नेपाली पुरुष फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
उनले फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अञ्जल श्रेष्ठ र रक्षक सुमन श्रेष्ठलाई पहिलोपटक टिममा मौका दिएका छन् । यस्तै, फरवार्ड रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जुले टोलीमा पुनरागमन गरेका छन् ।
नेपालले यही २१ मार्चमा सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल र २५ मार्चमा मलेसियाविरुद्ध एएफसी एसियन कप क्वालिफायर्स म्याच खेल्नेछ । मलेसियाविरुद्धको खेलबाटै म्याट रसले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकको भूमिकामा डेब्यू गर्ने छन् ।
उनले हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा पुरुष टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिएनन् ।
नेपाली टिम
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
रक्षकः अनन्त तामाङ, विमल पाण्डे, सनीस श्रेष्ठ, रन्दीप पौडेल, सुमीत श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ
मिडफिल्डरः रोहित चन्द ठकुरी, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिशरत्न छुन्जु
फरवार्डः जिलेश्पीजंग कार्की, अञ्जन विष्ट, सुवास वम ठकुरी, रेजिन सुब्बा

