धनुषामा छुरा हानेर युवकको हत्या


काठमाडौं- धनुषामा होली खेल्ने क्रममा शनिवार साँझ भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृत्यु हुनेमा १९ वर्षीय आँशु यादव रहेका छन्।  छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको  छ।  धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डीएसपी वरुणकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया