मजदुरी गर्न २ वर्षअघि दोलखाबाट पोर्चुगल गएका श्रेष्ठको निसासिएर मृत्यु
काठमाडाैं- दोलखाको शैलुङ गाउँपालिका- १ का ३१ वर्षीय राजन श्रेष्ठ दुई वर्षअघि पोर्चुगल गएका थिए ।
सामान्य परिवारका श्रेष्ठ मजदुरी गर्नका लागि त्यहाँ गएका थिए । तर, मजदुरी गरेर परिवारकाे आर्थिक स्थिति उकास्ने उनको सपना पूरा हुन सकेन । यही कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठ सदाका लागि परिवार छाडेर गएका छन् । उनकाे निसासिएर मृत्यु भएकाे बताइएकाे छ ।
आर्थिक अभावका कारण परिवारले उनकाे शवसमेत देख्न पाएकाे छैन । आर्थिक अभावका शव नेपालमा ल्याउन समस्या भएको मामा मुक्तलाल श्रेष्ठले बताए । ‘विदेशमा रहेका नेपालीहरू र विभिन्न संघ संस्थाहरुको सहयोगमा चन्दा सङ्कलनको काम भइरहेको जानकारी पाएको छौ तर कति उठ्यो के उठ्यो कसले उठाई रहेको छ हामीलाई थाहा छैन’ उनले भने ।
विदेशबाट शव फिर्ता ल्याउने तयारी भइरहेको तर आर्थिक र अन्य प्रकृया पूरा नभएका कारण शव नेपाल ल्याउन समस्या भएको परिवारको भनाई रहेको छ ।