प्रधानमन्त्री ओलीले ट्रम्पलाई दिए बधाइ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पलाई बधाइ दिएका हुन् ।

दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिनु अमेरिकी इतिहासको नयाँ अध्याय भएको प्रधानमन्त्रीको भनाइ छ । उनले नेपाल-अमेरिका सम्बन्धलाई प्रगाढ बनाउन र पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको उल्लेख गरेका छन् ।

ट्रम्प बुधबार राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्र्याटिक दलकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपति चुनिएका थिए । पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २९४ सिट जितेका छन् भने कमलाले २२३ सिट जितेकी छन् ।

प्रतिक्रिया