जिल्ला अदालत कास्कीले म्याद नथपे रविलाई पक्राउ गरेर रुपन्देही लग्ने योजनामा प्रहरी
काठमाडाैं- सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । उनलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको हो । रविलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।
कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि रुपन्देही ल्याउने तर म्याद नथपिएमा रुपन्देहीबाट यसअघि भएको पक्राउ पुर्जाको आधारमा पक्राउ गरी रुपन्देही ल्याउने योजनामा रुपन्देही छ । रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले कास्की अदालतले दिने आदेशको आधारमा छठपछि ल्याउने कि आज भोलि ल्याउनेमा भरपर्ने रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।
तसर्थ रवि लामिछानेलाई कास्की अदालतले थुनामुक्त गरे पनि पुनः रुपन्देही प्रहरीले पक्राउ गर्ने देखिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । उक्त रकम अपलचनमा रविलाई सङ्गठित ठगीको आरोप लागेको छ।