छविलाल जोशीलाई लगियो अदालत


काठमाडौं-  सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ । कास्की प्रहरीले उनीसहित लीला पछाइ र रामबहादुर खनाललाई म्याद थपको लागि आज जिल्ला अदालत कास्की लगेकाे हाे ।

यही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पनि म्याद थपको लागि अदालत पेस गरिँदै छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।

प्रतिक्रिया