मुद्दा जिताइदिन्छु भन्दै एक करोड २८ लाख ठगी गर्ने पक्राउ


काठमाडाैं – निजगढ द्रुत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुद्धनगरबाट ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई  पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ एक करोड २८ लाख लिएर फरार भएका थिए ।

कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको उनले बताए ।

प्रतिक्रिया