

युट्युबबाट भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा राई पक्राउ

काठमाडौं- सामाजिक सन्जाल युट्युबमार्फत भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं । धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको हलेसीतुवाचुङ नगरपालिका–८ का नयन्द्रकुमार राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले हिन्दु धर्मको विरोध गर्दै भिडिओ पोस्ट गरेका थिए । उनले युट्युबमा धार्मिक सहिष्णुतामाथि आघात पुर्याउने, घृणा वा द्वेष फेलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने भिडियो बनाएको खुलेको छ ।

