चिनियाँ नागरिकसँग बाल विवाह गराउने बुवासहित ८ जना पक्राउ
बिराटनगर- चीनीया नागरिकसँग जबरजस्ती बाल विवाह गराउने ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा छथर जोरपाटी गाँउपालिकाकी १६ वर्षीया बालिकालाई चीनका ३३ वर्षीय लि टेङसँग विवाह गराउने बुवासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उमेर किशोरीका बाबु, बेहुला बनेका लि टेङ, उदयपुरको बेलका नगरपालिकाका ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिकाका २० वर्षीया सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका २० वर्षीया रोशनीमाया तामाङ, र चीनका ३५ वर्षीय डोङ शिहाओ र वु हेजी रहेका छन् ।
चीनका नागरिकसँग जबरजस्ती विवाह गराइरहेको अवस्थामा सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरबाट उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद तिमिल्सेनाले बताए ।
प्रहरीले अनुसन्धानको काम अघि बढाएको सुनसरी प्रहरीले जनाएको छ ।