आफैले काम गर्ने कम्पनीका म्यानेजरलाई एसएमएस गरेर धम्की दिने तामाङ पक्राउ


काठमाडौं-  एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा एकजना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडाैं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले गएको असोज २१ गते चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

उनले  डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया