मकवानपुरमा महिलामाथि सामुहिक बलात्कार, पति नै संलग्न
मकवानपुर- मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन् । दुई किशोर फरार छन् ।
मनहरी गाउँपालिका-५ की ३१ वर्षीया महिलालाई पतिसहित अन्य दुई किशोरले असोज ३० गते बेलुका घरमै सामूहिक बलात्कार गरेका थिए ।
पीडितले छिमेकीसहित कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् ।
उजुरीको आधारमा प्रहरीले पतिलाई पक्राउ गरेको हो । अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बलात्कृत महिलाले तीन वर्षअघि अर्को पुरुषसँग सम्बन्ध विच्छेद गरेर विवाह गरेकी थिइन् ।