एसपी कार्की हेडक्वार्टर तानिए, लिम्बु पुगे मोरड
काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् ।
मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । उनलाई फिर्ता बोलाउनुको कारण खुलाइएको छैन ।
मोरङमा प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको जनाइएको छ । लिम्बु प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको छ ।
नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।