एसपी अपिल बोहोरा भए ट्राफिक व्यवस्थापनमा ‘सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख’
काठमाडौं – नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) अपिलराज बोहोरा मुलुककै अन्तर प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रथम हुँदै सम्मानित हुनुका साथै पुरस्कृत भएका छन् ।
नेपाल प्रहरीको ६९ औं प्रहरी दिवसका अवसरमा एसपी बोहोरालाई प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले ‘सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख’का रूपमा सम्मानितका साथै पुरस्कृत गरेका थिए ।
एसपी बोहोराको कमाण्ड रहेको कर्णाली प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मुलुककै उत्कृष्ट कार्यालय हुन सफल भई पुरस्कृत भएको हो ।
नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton), २०८१ मा उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८० बमोजिम अन्तर प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहरा उत्कृष्ट प्रहरी कर्मचारी छनौट भएकोले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित “६९ औं प्रहरी दिवस २०८१” को अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।