‘बेहुली फ्रम मेघौली’को दृश्य खिचेर सामाजिक सञ्जाल हालेको भन्दै साइबर ब्युरो पुगे निश्चल


काठमाडौं- अहिले  सामाजिक सञ्जालमा फिल्म ‘बेहुली फ्रम मेघौली’का महत्त्वपूर्ण दृश्यहरू  छ्यापछ्याप्ती छन् ।  त्यसरी  फिल्मको महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जाल हालिएको भन्दै निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

बस्नेतले आफूले साइबर ब्युरोमा उजुरी दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फिल्म बौद्धिक सम्पत्ति भएको र जति पनि युट्युब र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न माग गरेको छु ।’

‘बेहुली फ्रम मेघौली’ गत बिहीबारबाट प्रदर्शनमा आएको छ । निश्चल बस्नेत, स्वस्तिमा खड्का, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको फिल्म सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया