नक्कली टिकट बेच्ने र धेरै भाडा असुल्ने १३ जना पक्राउ


काठमाडौं- दसैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट १३ जनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीका अनुसार काठमाडौंको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको हाे ।

उनीहरूले  नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धािरितभन्दा धेरै भाडा असुलेकाे प्रहरीले बताएकाे छ । पक्राउ परेकामाथि कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाइएकाे छ ।

प्रतिक्रिया