नाइट बस चढेर घर गइरहेकी यात्रुलाई जिस्काउने दुईजना पक्राउ


स्याङ्जा- रात्री बसमा सवार भीरकोट नगरपालिका –१ बस्ने एक युवतीलाई अभद्र व्यवहार गर्ने चापाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रात्री बसमा काठमाडौंदेखि घर आउँदै गरेकी एक किशोरीलाई हेलु भन्ने ठाउँमा बसमै अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा चापाकोट नगरपालिका –५ का २६ वर्षीय कमल शाही र २५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

असोज १९ गते ग १ ख ९७०१ रात्री बसमा क्याविनमा बसेर काठमाडौंबाट वालिङ जाने बसमा आउने क्रममा दुई जनाले अभद्र ब्यवहार गरेको युवतीको गुनासो छ । पीडित किशोरीको जाहेरीका आधारमा दुवैलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए  ।

प्रतिक्रिया