हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


हुम्ला- हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुईमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राजा बस्ने वर्ष ४९ कि विष्णु परियार र हुम्लाको चंखेलि गाउँपालिका-६ का ५ वर्षीय अविशेक बुढा रहेका छन्।

शनिबार दिउँसो कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

गियर बक्स बिग्रेर रोकेको अवस्थामा  सडकबाट ब्याक भई ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

उक्त जिपमा चालक सहित सात जना सवार थिए ।

प्रतिक्रिया