हेर्डक्वार्टर तानिए सिन्धुली प्रहरी प्रमुख तिम्सिना


काठमाडौं– जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) आभूषण तिम्सिनालाई प्रहरी प्रधान कार्यालयले तानेको छ। उनको ठाउँमा अर्का एसपी गोविन्द थपलियालाई जिम्मेवारी तोकिएको छ।

सरुवा भएको तीन महिना पनि नपुगी प्रधान कार्यालयमा तानिएको हो। तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो।

जिल्लाका प्रमुखलगायतलाई भने एक बर्ष नबिती नतान्ने नीति प्रधान कार्यालयले लिए पनि तिम्सिनालाई तीन महिनामा नै बोलाउनुको कारण खुलाइएको छैन।

प्रतिक्रिया