दुई छोरी हत्या अभियोग लागेकी अस्मिता पुर्पक्षका लागि थुनामा


विराटनगर- दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया