

तारकेश्वर नगरपालिकाका अमिन २० हजार घुससहित पक्राउ

काठमाडौँ- तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाई घुस रकमसहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौलागाई घुसको २० हजार घुससहित पक्राउ गरेको हो ।
चौंलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टोली खटिएको थियो । टोलीले उनको साथबाट स्रोत नखुलेको ३४ हजार रुपैयाँ समेत बरामद गरेको छ ।
उनलाई तारकेश्वर नगरपालिका-६ धर्मस्थलीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

