सुरक्षा तथा न्याय अध्ययन केन्द्रलाई ‘थिंकट्यांक’का रूपमा विकास गरिने


काठमाडाैं- सुरक्षा र न्याय अध्ययन केन्द्रको १६औँ साधारणसभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा बिहीबार साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै आमन्त्रित विशिष्ट अतिथिहरूले संस्थालाई सुरक्षा तथा न्यायलगायत क्षेत्रको अध्ययन र अनुसन्धानका लागि संस्थालाई ‘थिंकट्यांक’का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्व कानुनमन्त्री तथा पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राई, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहरा, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेत, प्राध्यापक सुवास केसीले साधारणसभामा मन्तव्य राख्दै केन्द्रलार्ई ‘थिंकट्यांक’का रूपमा राज्य, सुरक्षा निकाय र समाजले उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

आगामी दिनमा आन्तरिक सुरक्षा, नागरिक सुरक्षा, विपत् व्यवस्थापन, जलवायु परिवर्तन, लागुऔषध समस्या, सडक सुरक्षा, सीमा सुरक्षालगायत क्षेत्रमा अध्ययन, अन्वेषण र अन्तर्क्रिया गर्नुका साथै सत्यनिरुपण तथा मेलमिलाप प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरिने केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया