दसैँ मनाउन भारतबाट घर फर्किरहेका धामी महाकालीमा खसे


बैतडी- बैतडीमा दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट चिप्लिएर  महाकाली नदीमा खसेको खुलेको प्रहरीले बताएकाे छ  ।

बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ ।  बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ तर उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

प्रतिक्रिया