चाडपर्वमा ३ हजार ७ सय बढी प्रहरी परिचालन गरिने, यस्तो छ काठमाडाैं परिसरकाे सुरक्षा योजना


काठमाडौं-  नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरू पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताएका छन् ।

उनले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चूनौतिहरु पहिचान गरिएको बताए । सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उनले बताए । घटना भएको ५ मिनेटमा पुग्ने र ३० मिनेटमा प्रतिकार्य पूरा गर्ने प्रहरीको योजना छ ।

उनले एरिया विभाजन गरि १४ जना प्रहरी नायव उपरीक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने बताए । सवारी गस्तीमा इ–क्युआरटी ७६ र २४ वटा मोवाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ । त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया