दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी
काठमाडौं- २०६४ सालबाट लगातार हरेक वर्ष दशैं गीत सार्वजनिक गर्दै आएका वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक विष्णु खत्रीले यसपटक पनि आफ्नो सिर्जना सार्वजनिक गरेका छन् ।
खत्रीले बिहीबार आफ्नै युट्युव च्यानलमार्फत रित्तो भकारी नामक गीन सार्वजनिक गरेका हुन् । खत्रीको यो १७औं दशैं गीत हो ।
विष्णु खत्री र लक्ष्मी खड्काको स्वरमा सजिएको मर्मस्पशी यस गीतको लय तथा शव्द पनि स्वयं खत्रीले नै लेखेका हुन् । दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित,विद्या कार्की, चेतबहादुर सिंह, दुर्गा फुलारा र जीवन ज्ञावलीको अभिनय रहेको छ ।